काठमाडौँ – नेपाली चलचित्र क्षेत्रको परिचित नाम केदार उप्रेतीले आफ्नो जीवनयात्रामा धेरै उतारचढाव पार गरेका छन्। फिचर फिल्म, म्युजिक भिडियो र थिएटरजस्ता विधाहरूमा उनले राम्रो प्रभाव पारेका छन्। ‘झुपडीको पुनर्मिलन’, ‘जिन्दगी र टुक्रिएको मुटु’ ‘पर्दा छ’ जस्ता फिल्महरूले उनलाई परिचित बनायो।
बाल्यकाल र कलाप्रति आकर्षण
केदार उप्रेतीको जन्म भुटानको सुदूर ग्रामीण क्षेत्रमा भएको थियो। उनका बुबा नेपाली मूलका थिए भने आमा भुटानी। बाल्यकालदेखि नै उनले कलातर्फ झुकाव देखाए। सानैदेखि नाटक, नृत्य र साहित्यप्रति उनको गहिरो रुचि थियो। भुटानमा नेपाली संस्कृतिप्रति दमनकारी नीति रहेको कारण नेपाली भाषा, साहित्य र चलचित्र हेर्न पाउनु दुर्लभ थियो। उनले स्कूलमा भाग लिँदै गर्दा नेपाली शिक्षकहरूले गोप्य रूपमा नेपाली साहित्य पढाउने गर्थे। यसैले नै उनको नेपाली भाषाप्रति लगाव बढायो।
भुटानमा हिन्दी चलचित्रहरू मात्र प्रदर्शन गरिन्थ्यो। केदारले ‘लाहुरे’ (१९८५) जस्ता नेपाली फिल्म धेरैपटक हेरे। सोही कारण उनी अभिनयप्रति आकर्षित भए। उनको कल्पनाशील मनले पात्रहरूसँग आत्मियता बढाउँदै गयो। स्कूलको वार्षिकोत्सवमा नाटक प्रस्तुत गर्ने चलन थियो। अग्रजहरूले नाटक खेलेको देख्दा उनलाई पनि खुब नाटक खेल्न मन लाग्थ्यो। तर आफू सानै र नेपाली मूलको पनि भएकाले अवसर पाउँदैन थिए ।
साथै भुटानमा नेपाली सांस्कृतिक गतिविधिहरूमा लगाएको प्रतिबन्धले उनलाई प्रष्फुटित हुन दिएन।
नेपाल आगमन र कलाको खोज
१९९० को दशकमा भुटानबाट लाखौं नेपाली मूलका समुदाय शरणार्थीको रूपमा नेपाल आइपुगे। केदार पनि आमासँग नेपाल आए। उनीहरू झापा र मोरङको शिविरमा बसोबास गर्न थाले। त्यहाँ उनले नेपाली संस्कृति र कलाको स्वतन्त्र अभिव्यक्ति देखे। शिविरमा आयोजित सांस्कृतिक कार्यक्रमहरूमा उनले नाटक र नृत्यमा सहभागिता जनाउन थाले।
केदार भुटानमा आन्दोलन सुरु नभएको भए नेपालमा शरणार्थीको रूपमा नआउने बताउँछन्। भुटानले नेपाली पढ्न मनाही गरेपछि शरणार्थी हुन बाध्य भएको उनको भनाइ छ। उनीहरुका लागि भाषा पहिचान थियो।
२००० सालमा केदारले बिर्तामोडस्थित एउटा कला संस्थामा औपचारिक अभिनय तालिम सुरु गरे। केदारसँग पढ्ने एक जना साथी जगत जेकेले विर्तामोडबाट अभिनय सिकेका थिए। उनैले केदारलाई अभिनय सिकाउँथे। स्कुलमा पनि अभिनय सिकाउने गुरु हुनुहुन्थ्यो। गुरुले २०–२५ जनाको समूह बनाएर फर्मल अभिनय सिकाउँथे। त्यसमा केदार पनि जोडिए।
त्यसबेला परीक्षा दिन विर्तामोड वा दमकमै जानुपर्थ्यो। सबै क्यामका अभिनय र नृत्य सिक्ने बेला हुँदा ५ सयदेखि एक हजार जनासम्म भेला हुन्थे।
सातवटा क्याम्पमा प्रशिक्षण लिएर उनले नाट्यकला, संवाद अभिव्यक्ति, र चरित्र निर्माणमा निपूणता हासिल गरे। यसैबीच उनले आफ्नै नाट्य समूह गठन गरेर शिविरमा प्रस्तुति दिन थाले। शरणार्थी जीवनको पीडा, आशा र संघर्षलाई नाटकको माध्यमबाट चित्रण गर्ने उनको शैलीले सराहना पायो। केदारले अभिनय सिकिसकेपछि त्यहाँ भुटानी साहित्य तथा संस्कृतिक कला केन्द्र खोली सातवटै क्याममा सिकाउने जिम्मेवारी पनि पाए।
More
Contact
+18177034385
info@kedarupreti.com
5020 Grove Ct Clairton Pennsylvania 15025